एक्लो पन
भेट्न मैले धेरैलाई भेट्एँ, देख्न मैले धेरै कुरा देख्एँ, जीवन र मरणको बीचको यो समयमा, कति हसियो, कतिलाई हसाइयो, कति रोइयो, कतिलाई रुवइयो , कति चोटी लडियो,कति चोटी लडाईयो, कहिले यो त, कहिले त्यो, कहिले यहाँ त ,कहिले त्यहाँ, यो त्यो , भन्द भन्दै, यहाँ उहाँ , गर्दा गर्दै, कति कुरा घुमाएँ मैले, धेरै कुरा पाएँ पनि, तर यो मन भने कहिले सान्त भएन मेरो, यो शरीर भने जहिले असन्त, बुझ्न त बुझियो धेरैको सोचाइलाई, देख्न त देख्एँ मैले यो मुकुट भित्रको दानवलाई, कति देखेर प्रेरित भइयो , कति देखेर मुटुको धड्कन बड्यो पनि, हात त मिलाइयो धेरै सँग, तर खोइ मन मिल्ने चाँही कोही भएनछ, रमाउन त रमाइयो धेरै सँग, तर खोइ मन रमाउने चाँही कोही भएनछ, खोइ किन आफुलाई चिन्ने कोही छैन जस्तो लाग्छ अाज , खोइ किन एत्रो भिडको बीच अाफु एक्लो भए झै लाग्छ अाज , सिद्धन्त र नयाँ अायामबारे सोच्ने यो मस्तिस्क अाज, एक्लो पनको सत्यको पिडालाई खप्दै छ , उमङ्ग र उत्शाको सपना देख्ने यी अाखाँ अाज , त्यो भित्त हेरि टोलाई रहेको छ, जहिले का...