एक्लो पन

भेट्न मैले धेरैलाई भेट्एँ,
देख्न मैले धेरै कुरा देख्एँ,
जीवन र मरणको बीचको यो समयमा,   
कति  हसियो, कतिलाई हसाइयो,
कति  रोइयो, कतिलाई रुवइयो ,
कति चोटी लडियो,कति चोटी लडाईयो,
कहिले यो त, कहिले त्यो,  
कहिले यहाँ त ,कहिले त्यहाँ,
यो त्यो , भन्द भन्दै,
यहाँ उहाँ , गर्दा  गर्दै,
कति कुरा घुमाएँ मैले, धेरै कुरा पाएँ  पनि,
तर यो मन भने कहिले सान्त भएन मेरो,
यो शरीर भने जहिले असन्त,  

बुझ्न त बुझियो धेरैको सोचाइलाई,
देख्न त देख्एँ मैले यो मुकुट भित्रको दानवलाई,
कति देखेर प्रेरित भइयो ,
कति देखेर मुटुको धड्कन बड्यो  पनि,
हात त मिलाइयो धेरै सँग,
तर खोइ मन मिल्ने चाँही कोही  भएनछ,
रमाउन त रमाइयो धेरै सँग,
तर खोइ मन रमाउने चाँही कोही  भएनछ,

खोइ किन आफुलाई चिन्ने कोही छैन जस्तो लाग्छ अाज ,
खोइ किन एत्रो भिडको बीच अाफु एक्लो भए झै लाग्छ  अाज  ,
सिद्धन्त र नयाँ अायामबारे सोच्ने यो मस्तिस्क अाज,
एक्लो पनको सत्यको पिडालाई खप्दै छ ,
उमङ्ग  र उत्शाको सपना देख्ने यी अाखाँ  अाज ,
त्यो भित्त हेरि टोलाई रहेको छ,
जहिले काम गर्ने हात मेरा अाज कलमको सहयोगले,  
कागजको पत्रमा मनका भवना पोखिरहेछ,  

एस्तै  रहिछ जीवन भनेको,
एस्तै  रहिछ बाच्नु भनेको,
एस्तै  नै रहिछ संसार भनेको ,
तर अासा मरेको छैन अजै ,
कोही अाउला ,हात समाउला,
अनि उठाउला भनेए कुरिरहेको छु


यो एक्लो पनलाइ भुल्नुछ मैले,
यो अन्तर मनको असन्तुसटि लाई हटाउन,
यो कस्तो एक्लो पन !
यो मेरो एक्लो पन !


Comments

Popular posts from this blog

I wanna be a TREE !!

जय-स्वाभिमान !!