दर्शक हुन पुगेछु
त्यो कागजको एक पाना भबिष्य भयो मेरो , त्यो लेख्ने र पढ्ने मान्छे मेरो भावी, जीवन त फिल्म भयो मेरो, निर्देशक कोहि अरु , म त केबल एक सेबक, अनि म ? म त केबल एक दर्शक हुन पुगेछु। पढ्न त पठाउछन यहाँ , तर शिक्षा पाएका छ्न कि छैन यो कसैलाई मत्लब छ र ? शिक्षाले त मान्छेलाइ ज्ञानी बनाउनु पर्ने, तर हुन पुग्यो झन अन्दबीस्वासि , दृष्टि सफा हुन पर्ने तर अन्दोपन अजै जान सकेन, नयाँ सोच र विकास हुनु पर्ने हो तर स्वार्थतालाइ कसैले त्यग गर्न सकेनन, अनि म ? म चाहिँ केबल एक दर्शक हुन पुगेछु। सटिफिकेट त झोला भरी भए तर दिमाग अजै रित्तो छ, मान्छे हेर्दा रसियो ऊ तर भित्र खाली छ , सपना चाहि चन्द्रमा छुने गर्छन यहाँ , तर पाउ चाहिँ पृथ्वीमै, जातभातको विरोधाभास चाहि कहिले जाने भएन यहाँ , लिङ्गिय समानता केवल कागजको पानामा , अनि म ? म चाहिँ केबल एक दर्शक हुन पुगेछु। कुन हिन्दुले गीता पढ्छ र यहाँ ? कुन पण्डितलाइ थाहा छ र तेस्को सार? कहाँ कम भएको छ र दुई धर्म बीचको मारामार ? यो थाहा हुदै पनि धर्मको धम्नड कहाँ कम छ र यहाँ ? अनि म ? म चाह