दर्शक हुन पुगेछु

त्यो कागजको एक पाना भबिष्य भयो मेरो ,
त्यो लेख्ने र पढ्ने मान्छे मेरो भावी,
जीवन त फिल्म भयो मेरो,
निर्देशक कोहि अरु ,
म  त केबल एक सेबक,
अनि म ?
म त केबल एक दर्शक हुन पुगेछु।


पढ्न त पठाउछन  यहाँ ,
तर शिक्षा पाएका छ्न कि छैन यो कसैलाई मत्लब छ र ?
शिक्षाले त मान्छेलाइ ज्ञानी बनाउनु पर्ने,
तर हुन पुग्यो झन अन्दबीस्वासि ,
दृष्टि सफा हुन पर्ने तर अन्दोपन अजै जान सकेन,
नयाँ सोच र विकास हुनु पर्ने हो
तर स्वार्थतालाइ कसैले त्यग गर्न सकेनन,
अनि म ?
म चाहिँ केबल एक दर्शक हुन पुगेछु।


सटिफिकेट त झोला भरी भए तर दिमाग अजै रित्तो छ,
मान्छे हेर्दा रसियो ऊ  तर भित्र खाली ,  
सपना चाहि चन्द्रमा छुने गर्छन यहाँ ,
तर पाउ चाहिँ पृथ्वीमै,
जातभातको विरोधाभास चाहि कहिले जाने भएन यहाँ ,
लिङ्गिय समानता केवल कागजको पानामा ,
अनि म ?
म चाहिँ केबल एक  दर्शक हुन पुगेछु।


कुन हिन्दुले गीता पढ्छ र यहाँ ?
कुन पण्डितलाइ थाहा छ र  तेस्को सार?
कहाँ कम भएको छ र दुई धर्म बीचको मारामार ?
यो थाहा हुदै पनि धर्मको धम्नड कहाँ कम छ र  यहाँ ?
अनि म ?
म चाहिँ केबल एक दर्शक हुन पुगेछु।


पुन्य र पापको कुरा गर्छन यहाँ ,
सिकाउन चाहिँ पाप गर्नु हुदैन रे,
मारकाट गर्नु हुदैन रे !
तर दशैंमा निर्दोस प्राणीको बलि ,
देवीदेवत भन्दै मन्दिरमा पूजा त गर्छन यहाँ ,
तर त्यो भुइँमा बसेको असहायलाई दान चाहिँ छैन,
कति पिडा होला बिचारलाई कसैको सहेता भनी छैन,
अनि म ?
म चाहिँ केबल एक दर्शक हुन पुगेछु।


आफु त फसे-फसे अरुको खुट्टा तान्ने प्रवृति अजै गरेको छैन
आफु  त अन्दो भए-भए अरुको आखा फुटाउने प्रवृति अजै गएको छैन
आफु त अन्दबिस्वासी भए अरुलाई अन्दबिस्वासी बनाउने क्रम अजै छुटेको छैन,
अनि म ?
म चाहिँ केबल एक दर्शक हुन पुगेछु।


म त दर्शक हुन पुगेछु । अरुले जे भने नि एकचोटी आफुलाई र आफु ओरिपरि हेर्नु होला। कतै तपाई पनि अन्जानमा दर्शक त हुनु भाको छैन ? मेरो बिन्ति छ , तपाई चाही दर्शक नबन्दिनु होला।


 






Comments

Popular posts from this blog

एक्लो पन

जय-स्वाभिमान !!

As he flew from his cage...