आयो होइन त काल !!!

अब आयो काल !
आफ्नो ना त पराई केहि नभनी ,
खोइ त के गर्यो तिम्रो त्यो पैसाले ,
पावरले , तेत्तो थुपारेको सम्पतिले
ती सबै मेरो हो भन्थ्येउ ,
कोहि बेला तेस्को लागि मर्न र मार्न तत्पर हुन्थ्येउ !!

कहाँ गयो त त्यो तिम्रो जग्गाजमिन !!
कहाँ गयो त तिम्रो इमानइज्त !!
कहाँ गयो त तिम्रो पुर्खौली सम्पति !!
के लिएर जादैछौ त खोइ !!
आखिर के रहिछ त तिम्रो मुठीमा !!

कहाँ गए ?
तिम्रा ती आफ्नु भन्नेहरु
छोराछोरी, आमाबुवा साथीसंगी
कत्ति न ठुलो काम गरे !
कति ठुलो मान्छे बने भंथ्येउ !
खोई त के गर्न सके त उनीहरुले ?
लग्यो होइन त कालले !!!
गयो होइन त सास अरु जसरी नै !

रिसराग ,दोयेस ,घमण्ड के के चाही गरेनौ !
यो गर्छु ,त्यो गर्छु !
यो मेरो ,यो तेरो !
मेरो धर्म तेरो धर्म , मेरो जात तेरो जात ,
मेरो परिवार मेरा साथीभाई , ती मेरा शत्रुहरू
यो मेरो देश त्यो तेरो देश भनेर कति संग लड्डेउ !
कतिलाइ मर्रेउ पनि !
अनि अहिले के तिम्रो देश लिएर जादै छौ ?
कि तिम्रो धर्म लादैछौ ?
कि तिम्रो जात लादैछौ !!!
तिम्रा आफ्ना भन्निले त सम्म्पतिमा दाउ मरे त !
बरु शत्रुहरूले चाहिँ सोक मनाए !
कमाएको सम्पतिको ठुलो घमण्ड थियो होइन तिमीलाई
कति लिएर जादैछौ खोइ ?
अनि अब तेस्को के गर्ने वाला छौ ?

आज लादैछ कालले !
जादै छ सास तिम्रो !
जादैछौ सधैँको लागि
जहाँबाट आएका थियेउ तेही बिलौई !
आयो होइन त काल !!! 
आयो होइन त काल !!! 


अजै एक चोटी जीवन पाए ?
अजै एक चोटी बाच्न पाए ?
के गर्छौ तिमी?
के भन्छौ तिमी ?



Comments

Popular posts from this blog

एक्लो पन

जय-स्वाभिमान !!

As he flew from his cage...